
अत्तरिया – कैलालीमा प्रहरीले अवैध सामान बरामद गरेको छ । धनगढी उपमहानगरपालिका – २ सिसा पोष्ट र जानकी गाउँपालिका – ४ मुनुवाबाट अवैध रुपमा भारतबाट भन्सार छलि ल्याएका सामान बरामद गरिएको छ ।
जसअन्तरगत अन्दाजी ७६ हजार ८१४ रुपैयाँ बराबरको विभिन्न किसिमका कपडा, किराना लगायतका सामानहरु वुधवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।



















