खाेज्नुहाेस

स्याउले देखी हाटखोली सडकखण्डमा नगद तथा गरगहनासहितको ब्याग हरायो

Image
file photo

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ८ स्याउले बजार देखी हाटखोली सडकखण्डमा नगद तथा गरगहना सहितको ब्याग हराएको छ । अत्तरियामा होटल व्यवसाय सञ्चालन गर्दै आएकी रितु थापाको खैरो कलरको व्याग सो सडकखण्डमा हराएको हो ।

navjiwan hospital

बुधबार साँझ ७ बजेदेखी ९ बजेको समयमा पेट्रोल अटोमा हाटखोली स्थित रातोभाले होटेल क्षेत्रमा गईरहेको अवस्थामा आफ्नो ब्याग हराएको थापाले बताईन । उनले सो ब्यागमा १ लाख रुपैया नगद, एनआईसी एसिया बैँकको एटिएम तथा केही गरगहनाहरु रहेको समेत बताईन ।

attariya hospital

आफ्नो दिदीको छोरीलाई सो नगद रुपैया दिन गईरहेको अवस्थामा बाटोमा ब्याग नै हराएको बताउदै उनले ब्याग फेला पार्ने व्यक्तिलाई उचित पुरस्कार दिईने समेत बताईन । उनले ब्याग फेला पार्ने व्यक्तिले ९८६३०९७३७८ मा सम्पर्क गरिदिन पनि आग्रह गरेकी छन ।