खाेज्नुहाेस

कैलालीको गोदावरी नगरपालिकामा शुक्रबार विपद् कृत्रिम घटना अभ्यास गरिने

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिकाले शुक्रबार विपद् कृत्रिम घटना अभ्यासको आयोजना गर्ने भएको छ । नगरपालिकाले वर्षायाममा आउन सक्ने विपद्को पुर्वतयारीका साथै स्थानियलाई सो विषयमा जानकारी दिनका लागि नगरपालिका प्रांगणमै विपद् कृत्रिम घटना अभ्यास गर्ने भएको हो ।

navjiwan hospital

सो विषयका लागि नगरपालिकाले बिहिबार पुर्व तयारी कार्यशाला आयोजना गरेको छ । जसमा नगरपालिकाले विभिन्न सरोकारवाला व्यक्ति तथा निकायहरुसँग छलफल गरेको छ । कार्यक्रमलाई युएस वुमन, युएनडिपि, ह्यान्डिक्याप ईन्टरनेशनल, युनिसेफ लगायतका सुपर दोस्रो परियोजनाका साझेदारहरुले सहयोग गरेका थिए ।

attariya hospital

कार्यक्रममा विपद् व्यवस्थापनका सातवटा विषयगत क्षेत्रको प्रतिकार्य प्रणाली, समन्वय संयन्त्र र आपतकालीन सेवा प्रवाहबारे जानकारी दिईएको थियो । शुक्रबार गरिने विपद् कृत्रिम घटना अभ्यासका लागि नगरभित्र रहेका विभिन्न सामुदायिक एवम् संस्थागत विद्यालयका करिब १५० बढी विद्यार्थीहरुका साथै अन्य विभिन्न सरोकारवाला निकायका पदाधिकारीहरुलाई सहभागि गराईने नगरपालिकाले जनाएको छ ।

सो अभ्यासमा विपद् आउनुपुर्व अपनाउन सकिने पूर्व तयारीहरु तथा विपद् पछि गरिने क्रियाकलापहरुका बारेमा जानकारी दिईने नगरपालिकाकी विपद् व्यवस्थापन शाखा प्रमुख सुलोचना खड्काले जानकारी दिईन । उनले विपद्का घटनाहरुमा मानविय जोखिम कम गर्न र जोखिममा रहेका व्यक्तिहरुको सुरक्षा एवम् व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा कृत्रिम अभ्यासको नमुना गर्न लागिएको बताईन ।