खाेज्नुहाेस

गोदावरी – ३ मा लागू औषध दुर्व्यसन सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना

Image

धनगढी – कैलालीको गोदावरी नगरपालिका – ३ मा लागू औषध दुर्व्यसन सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । बुधवार वडा कार्यालयको सहयोगमा अत्तरिया मिडिया प्रालिले वडाको ग्वासी मावि र नवज्योति माविमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा लागू औषध न्यूनीकरण, युवालाई लागू औषध सेवनबाट जोगाउन पूर्व तयारीका उपाय, तथा पछिल्लो समय बढ्दो लागू औषध प्रयोगको रोकथाम सम्बन्धी विषयमा सचेतना कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको मुख्य प्रशिक्षक रूपमा प्रहरी कार्यालय चौकिडाँडा बिटका प्रहरी सहायक निरीक्षक महेश सिंह भण्डारी रहेका थिए भने सहायक प्रशिक्षकमा गोपाल जोशी रहेका थिए ।
नवज्योति मावि र ग्वासी माविमा सञ्चालन गरिएको कार्यक्रममा कक्षा ९, १०, ११ र १२ गरी १६० भन्दा बढी विद्यार्थीहरूलाई सहभागिता रहेको थियो ।

attariya hospital
navjiwan hospital

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गोदावरी नगरपालिका – ३ का वडा अध्यक्ष तेज राज अवस्थीले लागू औषध दुव्र्यसन विरुद्धको जनचेतनामूलक कार्यक्रम विद्यार्थी जीवनका लागी अत्यन्त महत्त्वपूर्ण रहेको बताए । उनले कार्यक्रमबाट विद्यार्थीहरूले आवश्यक ज्ञान र सचेतना प्राप्त गरी आफ्नो जीवनलाई सही दिशामा अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले शिक्षकको मार्ग दर्शनलाई आत्मसात् गर्दै अनुशासनमा बस्ने विद्यार्थी नै इमानदार, सक्षम र उत्कृष्ट बन्न सक्ने धारणा व्यक्त गरे । उनले कार्यक्रमबाट प्राप्त सन्देशलाई व्यवहारमा उतार्दै उज्ज्वल भविष्य निर्माणतर्फ अग्रसर हुन विद्यार्थीहरूलाई आग्रह गरे ।

कार्यक्रममा ग्वासी मावि विद्यालयकी प्रधानाध्यापक शान्ति देवी भट्टले लागू औषध दुव्र्यसन सम्बन्धी जनचेतनामूलक आयोजक अत्तरिया मिडियाले सञ्चालन गरेको जनचेतनामूलक कार्यक्रमको प्रशंसा गर्दै यसलाई सराहनीय कार्यको गरेको बताइन् । सहभागी विद्यार्थीहरूले यसबाट सकारात्मक सन्देश ग्रहण गरी व्यवहारमा उतार्ने विश्वास व्यक्त गरिन् । साथै समाजमा कसैले नकारात्मक क्रियाकलाप गरिरहेको जानकारी पाएमा सम्बन्धित निकायमा तुरुन्त जानकारी गराउन समेत आग्रह गरिन ।