धनगढी – विश्व प्रेस स्वतन्त्रता दिवशको अवसर पारेर चैतन्य पाठशाला धनगढीले नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिलाई एक थान एयर कन्डिसन (एसी) सहयोग गरेको छ ।

पाठशालाले आफनो सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत महासंघको सुदूरपश्चिम प्रदेश समितिलाई एसी हस्तान्तरण गरिएको जनाएको छ । पाठशालाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) गणेश प्रसाद जोशीले महासंघको प्रिफाईवले बनेको भवनमा अध्यधिक गर्मीका बेला कामकाजमा असहज भएको देखेर एसी सहयोग गरेको बताए । विद्यालयका प्राचार्य प्रेमनीधि ओझाले मंगलबार एक कार्यक्रमका बीच महासंघका अध्यक्ष भरत बहादुर शाहलाई एसी हस्तान्तरण गरेका थिए ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा प्रिफाईवको भवन रहेको छ । अध्यक्ष शाहले बढदो गर्मीका कारण कामकाजमा बाधा परिरहेका बेला चैतन्य पाठशालालाई धन्यवाद दिए । उनले चैतन्य पाठशालाले गरेको सहयोगले महासंघको संस्थागत कामकाज सहज हुने बताए ।



















