खाेज्नुहाेस

कैलालीमा तालिमरत सशस्त्र प्रहरी प्रशिक्षार्थीको मृत्यु

Image

धनगढी – कैलालीमा सशस्त्र प्रहरीका एक प्रशिक्षार्थी जवानको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत बडिमालिका जवान तालिम शिक्षालय बनबेहडामा तालिमरत महेश महताको उपचारका क्रममा सोमबार बिहान निधन भएको हो ।

navjiwan hospital

शिक्षालयका अनुसार आइतबार राति करिब साढे १ बजेतिर टाउको र छाती दुख्न थालेपछि उनलाई उपचारका लागि अत्तरिया स्थित सशस्त्र प्रहरीको फिल्ड अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि अत्तरिया अस्पताल पु¥याइएको थियो ।

attariya hospital

उपचारकै क्रममा बिहान साढे ४ बजेतिर उनी बेहोस भएका थिए भने चिकित्सकले करिब सवा ५ बजे मृत घोषणा गरेका थिए ।

दार्चुलाको नौगाड गाउँपालिका–१ घर भएका महता फागुनदेखि उक्त शिक्षालयमा प्रशिक्षार्थी जवानका रूपमा तालिम लिइरहेका थिए । सशस्त्र प्रहरीले उनी यसअघि पूर्ण रूपमा स्वस्थ रहेको र अचानक बिरामी परेको जनाएको छ । महताको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल मा राखिएको छ ।