धनगढी – विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर सनराइज टेलिभिजनको आयोजनामा धनगढीमा सञ्चारकर्मीहरूबीच लुडो प्रतियोगिता सम्पन्न गरिएको छ । मनोरञ्जनसँगै मित्रता र सहकार्यको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सनराइज टेलिभिजनका प्रबन्ध निर्देशक उत्तम थापाले जानकारी दिए ।
सञ्चारकर्मीहरूबीच आपसी भेटघाट, चिनजान र सम्बन्ध सुदृढ बनाउन प्रतियोगिता उपयोगी भएको आयोजकको भनाइ छ । प्रतियोगिता ब्रेड बक्स, दिपेस इन्फोसिस, होटेल कृस्टल , रकस्टार मिडिया, निहारीका मोबाइल सप, निसर्ग अस्पताल, होटेल जियान , स्वस्तिक डाइगोनिष्टिक, बिवाईडी, सारथी अस्पताल प्रा.लि., एस.के. कन्ट्रक्सन डडेल्धुरा, न्यु अलि अटो वर्कसप, जगदम्बा निर्माण सेवाको प्रायोजनमा सम्पन्न भएको हो ।


प्रतियोगितामा ९ टिमको सहभागिता रहेको संयोजक जितेन्द्र रावलले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा रहेका थिए भने निर्णायकको भूमिका दिप श्रेष्ठले निर्वाह गरेका थिए ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रेस पत्रले प्रथम स्थान हासिल गरी नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी न्युज सेभेन टिभी द्वितीय हुँदै नगद ५ हजार रुपैयाँसहित प्रमाणपत्र हात पारेको छ भने बाबा टेलिभिजन तृतीय स्थानमा रहँदै नगद २ हजार ५ सय रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ ।
कार्यक्रमले सञ्चारकर्मीहरूबीच प्रतिस्पर्धासँगै सहकार्य र आत्मीयता अभिवृद्धि गर्न टेवा पुगेको सहभागीहरूले बताएका छन् ।

















