खाेज्नुहाेस

अत्तरिया खानेपानीका अध्यक्षका उम्मेदवार राजेन्द्र खड्का प्यानलको प्रतिबद्धता पत्र सार्वजनिक 

Image
अत्तरिया – अत्तरिया खानेपानीका अध्यक्षका उम्मेदवार राजेन्द्र खड्का प्यानलका उम्मेदवारले आफ्नो १२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । आइतबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन ।
godawari nagarpalika dadhelo
attariya hospital
वैशाख २६ गते हुने अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यसमिती चयनका लागि खड्का प्यानले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा २४ सै घण्टा स्वच्छ पानी वितरण गर्ने, उपभोक्ताहरुबाट आएको गुनासोलाई मध्ये नजर गर्दै न्यूनतम महशुल कायम गरि पानी वितरण गर्ने, खानेपानीमा देखिएका समस्याको दीर्घकालिन समाधान तथा प्राकृक्तिक स्रोत पहिचान गरी बजेटको व्यवस्थापन गर्ने, पानी विज्ञ वा रसायनशास्त्रीको दरबन्दी कायम गरि प्रत्येक टोलमा गई नियमित पानी परिक्षण एवम् सोको डिजिटल जानकारी गराउने बुँदा समावेश छन ।
सडकको दुवै किनारामा पाइप लाइन विस्तार गरी पानी वितरण गर्ने, आर्थिक पार्दर्शिता एवम सोको मासिक रिपोर्ट बेव पेजद्वारा सम्पूर्ण उपभोक्तालाई जानकारी दिने, कर्मचारी संयन्त्रलाई जवाफदेही एवम् उपभोक्तामुखी र कर्तव्यनिष्ठ बनाई सेवा प्रवाह गराउने, २४ सै घण्टा गुनासो सुन्न एवम् मर्मत सम्भार गर्न पैसा नलाग्ने टोल फ्री नम्बर जडान गरि सेवा दिने, मर्मत सम्भार निःशुल्क र गुनासो नोट भएको २४ घन्टा भित्र समाधान गर्ने, संस्थाको आफ्नो छुट्टै वेबसाइट निर्माण गरि प्रत्येक सूचना उपभोक्तालाई जानकारी गराउने अध्यक्षका उम्मेदवार खड्काले बताए ।
navjiwan hospital
उनले प्याकेजिङ्ग पानी प्लान्ट यचाशिघ्र (निर्वाचित भएको बढिमा ६ महिना भित्र) निर्माण गरि स्वच्छ र सस्तो दरमा बजारमा पानी उपलब्ध गराउनुका साथै स्थानिय रोजगारी सृजना गर्ने, खरिद प्रक्रियालाई छुट्टै खरिद समिती बनाई ठूला खरिद सामग्रीलाई ई बिडिङ तथा साना खरिद सामग्री स्थानिय बजार बाट स्वच्छ प्रतिस्पर्धाद्वारा खरिद प्रक्रिया अगाडि बढाउने बताए ।
भिडियो