खाेज्नुहाेस

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा धनगढीमा निकालियो ऐक्यबद्धता र्‍याली

Image

धनगढी– धनगढीमा विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा ऐक्यबद्धता र्‍याली निकालिएको छ । आईतबार दिवसको अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलालीको आयोजनामा ऐक्यबद्धता र्‍याली निकालिएको हो ।

navjiwan hospital

‘शान्तिपूर्ण भविष्यको निर्माण : मानव अधिकार विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवद्र्धन’ भन्ने मूल नारासहित निकालिएको र्‍यालीमा विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरु तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । र्‍याली पश्चात बोल्दै नेपाल पत्रकार महासंघ कैलालीका पूर्व अध्यक्ष तथा सुदूरपश्चिम संयोजक मनमोहन स्वाँरले पत्रकारको हकहित र पेशागत सुरक्षाका लागि शसक्त रुपमा अघि बढ्नुपर्ने बेला आएको बताए । उनले प्रेसमाथी देखिएको चुनौतीहरुको सबै पत्रकारहरु मिलेर सामना गर्नुपर्ने बताए ।

attariya hospital

इन्सेकका प्रदेश संयोजक खड्कराज जोशीले लोकतन्त्रमा प्रेस स्वतन्त्रताको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे । उनले कुनै पनि बहानामा प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने प्रयास स्वीकार्य नहुने धारणा राखे । उनले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप लोकतान्त्रिक मूल्यमान्यताको उल्लंघन हुने स्पष्ट पारे । त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका अधिकृत विदेशराम चौधरीले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि गतिविधि सह्य नहुने बताए । उनले मानव अधिकारको संरक्षणमा स्वतन्त्र प्रेसको भूमिका अपरिहार्य रहेको उल्लेख गरे ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य योगेन्द्र बलायरले पछिल्लो समय प्रेस स्वतन्त्रता हनन्का घटनाहरू बढिरहेकोप्रति ध्यानाकर्षण गराउँदै सबै सञ्चारकर्मीलाई आचारसंहितामा आधारित रहेर समाचार संकलन गर्न आग्रह गरे । कार्यक्रममा पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले पत्रकार महासंघ सधैं पत्रकारहरूको हकहितको पक्षमा उभिँदै आएको उल्लेख गरे । उनले वर्तमान सरकारले प्रेसमाथि चुनौती थपिरहेको आरोप लगाए । उनले पत्रकारहरूको सामूहिक हकहितका लागि सधैं ऐक्यबद्ध रहनुपर्नेमा जोड दिए ।