खाेज्नुहाेस

कैलालीबाट लागू औषध सहित १३ जना पक्राउ 

Image
अत्तरिया – कैलालीबाट लागू औषध सहित १३ जना पक्राउ परेका छन । जिल्लाको धनगढी, कैलारी, लम्कीचुहाबाट ३ किशोर सहित १३ जना पक्राउ परेका हुन ।
attariya hospital
धनगढी उपमहानगरपालिका – २ एलायन्स स्कुल नजिकबाट लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ ४ ग्राम १० मिलिग्राम सहित सोही धनगढी उपमहानगरपालिका – ३ का ३५ वर्षीय किसन बुडाल समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले निजहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी  कैलारी गाउँपालिका – ५ मनिकापुरबाट ३ ग्राम ७५० मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित सोही वडाको गोबरैला बस्ने २५ वर्षीय धिरज चौधरी र सोही ठाउँ १६ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले टोलीले सुपप्र ०१०१० प ४६३८ नम्बरको मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो ।
navjiwan hospital
यस्तै लम्कीचुहा नगरपालिका – १ बसपार्कबाट २६० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित १८ वर्षीय दुई जना किशोरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा दुवै जना पक्राउ परेका हुन ।
यस्तै धनगढी उपमहानगरपालिका – २ त्रिनगर ब्यारेल नजिकबाट भारतको बिजनोरका ३० वर्षीय जमसेद आलमलाई नियन्त्रित लागूऔषध स्पास्मो ४९ ट्याब्लेट सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेला  पारी पक्राउ गरेको हो ।