खाेज्नुहाेस

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

Image
navjiwan hospital

धनगढी– धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको हो ।

बुधबार साँझ आफ्नै घर अगाडि नल्काबाट पानी तान्ने मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

attariya hospital