खाेज्नुहाेस

भीमदत्त राजमार्ग छेउमा बन अतिक्रमण गरी बनाईएका संरचना भत्काईए

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ४ स्थित भीमदत्त राजमार्गमा बन क्षेत्र अतिक्रमण गरि बनाईएका संरचनाहरु भत्काईएको छ । बुधबार डिभिजन बन कार्यालय कैलालीले राजमार्ग अतिक्रमण गरी बनाईएका संरचनाहरु भत्काएको हो ।

navjiwan hospital

राजमार्ग छेउमा बनाईएका कच्ची तथा पक्की सबै संरचनाहरु भत्काईने डिभिजन बन कार्यालय कैलालीका बरिष्ठ डिभिजनल बन अधिकृत रामबिचारी ठाकुरले जानकारी दिए । उनले बन क्षेत्र अतिक्रमण गरी बनाईएका संरचनाहरु भत्काउने अभियान निरन्तर चलिरहने बताए ।

attariya hospital

‘अतिक्रमित जे जस्तो अवस्थामा संरचनाहरु बनेका छन, ति सबै संरचनाहरु भत्काईनेछ’ उनले भने ‘यो कार्य निरन्तर रुपमा जारी रहनेछ ।’ उनले जिल्लाका सबै क्षेत्रमा बन क्षेत्र अतिक्रमण गरि बनाईएका संरचनाहरु भत्काईने बताए । उनले नियमकानुन अनुसार नै आफूहरुले काम गर्ने बताए । उनले अतिक्रमित क्षेत्रमा भएका संरचना भत्काउन पटक पटक जानकारी गराएपनि अटेरी गरेकाले बलपुर्वक संरचनाहरु भत्काउनुपरेको बताए ।

बुधबारबाट सुरु गरिएको संरचना भत्काउने कार्य गोदावरी क्षेत्रमा बिहिबार पनि जारी रहने डिभिजन कार्यालय कैलालीले जनाएको छ । कार्यालयका अनुसार गोदावरी क्षेत्रमा मात्रै नभई जिल्लाका अन्य क्षेत्रमा पनि अतिक्रमीत संरचनाहरु भत्काईनेछन् ।