खाेज्नुहाेस

अत्तरियामा लैंगिक समानता, अपांगता तथा सामाजिक समावेशीकरण उत्तरदायी कृत्रिम घटना अभ्यास कार्यक्रम आयोजना

Image

अत्तरिया– कैलालीको अत्तरियामा लैंगिक समानता, अपांगता तथा सामाजिक समावेशीकरण उत्तरदायी कृत्रिम घटना अभ्यास कार्यक्रम आयोजना गरिएको छ । मंगलबार गोदावरी नगरपालिका र रोयम–नेपाल ले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन ।

कार्यक्रमलाई युएस वुमन, युएनडिपि, ह्यान्डिक्याप ईन्टरनेशनल, युनिसेफ लगायतका सुपर दोस्रो परियोजनाका साझेदारहरुले सहयोग गरेका थिए । गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा नगरभित्रका गोदावरी नगरपालकाका प्रमुख प्रशासकिय अधिकृत सहित विभिन्न वडाका वडाध्यक्ष, विभिन्न विषयगत शाखाका प्रमुख, विपद् सम्पर्क व्यक्ति लगायतको सहभागिता रहेको थियो ।

attariya hospital
navjiwan hospital

कार्यक्रममा स्थानीय विपद् व्यवस्थापन समिति, वडास्तरिय विपद् व्यवस्थापन समिति, अपांगता भएका व्यक्तिका अधिकारका सवालमा काम गर्ने संघसंस्थाका प्रतिनिधि र पछाडी पारिएका समुदाय तथा वर्गहरुको विपद् व्यवस्थापनका दौरान सम्बोधन गरिनुपर्ने अन्तर विविध आवश्यकताहरुका बारेमा छलफल गरिएको थियो । त्यसबाहेक कार्यक्रममा विपद् व्यवस्थापन सम्बन्धी आगामी तिन वर्षिय कार्य योजना समेत निर्माण गरिएको थियो ।

रोयम–नेपालकी विपद् विज्ञ विकला बाग्लेले भुकम्प र बहुप्रकोपिय दृष्ट्रिकोणले स्थानीय तहमा निर्माण गरिएका विपद् जोखिम न्यूनिकरण सम्बन्धी योजना, नीति तथा कार्यक्रमहरुमा लैंगिक समानता, अपांगता तथा सामाजिक समावेशीकरण भएका व्यक्तिहरुको मुल प्रवाहीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताईन । उनले विपद् जोखिम व्यवस्थापन प्रकृयामा खण्डिकृत तथ्यांक व्यवस्थीत नहुँदा विपद् व्यवस्थापनका कार्यहरु चुनौतीपुर्ण रहेको बताउदै त्यस्ता चुनौतीहरुलाई स्थानीय विपद् व्यवस्थापन समितिले गम्भीरतापुर्वक लिई काम गर्नुपर्ने बताईन ।

कार्यक्रमकी अध्यक्ष उपप्रमुख रोकायाले महिला, बालबालिका, पछाडी पारिएका समुह तथा अपांगता भएका व्यक्तिहरु कोही पनि विपद् व्यवस्थापनका प्रकृयामा छुट्न नहुने बताईन । उनले त्यस्ता व्यक्तिहरुको विशेष आवश्यकतालाई प्राथमिकतामा राखेर विपद् व्यवस्थापन प्रकृयालाई उत्तरदायी बनाउनुपर्ने कुरामा जोड दिईन ।