खाेज्नुहाेस

अत्तरिया खानेपानी अध्यक्षमा उम्मेदवारी दिएका राज खड्काको उम्मेदवारी रद्द

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–२ स्थित अत्तरियामा रहेको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षका लागि उम्मेदवारी दिएका राज बहादुर खड्काको उम्मेदवारी रद्द भएको छ ।

navjiwan hospital

वैशाख २६ गते हुने निर्वाचनको लागी अध्यक्ष पदमा उम्मेदवारी दिएका खड्का खानेपानीको मतदाता नरहेको पाइएपछि उम्मेदवारी रद्द गरिएको हो । मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारमाथि दावी विरोध गर्ने समय तोकिएको थियो ।

attariya hospital

सो समयमा उनी मतदाता नरहेको उजुरी परेपछि उम्मेदवारी रद्द गरिएको निर्वाचन समितिले जनाएको छ ।

अब अत्तरिया खानेपानीको अध्यक्षका लागि ५ जनाले अध्यक्षको लागि उम्मेदवारी दिएकोमा अब ४ जना मात्रै रहेका छन । जसमा राजेन्द्र बहादुर खड्का, हर्क बहादुर शाह, गणेश शाह र नन्दराज भट्टको उम्मेदवारी यथावत रहेको छ ।