धनगढी – सेती प्रादेशिक अस्पतालले सेवाग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यले अनलाइन भुक्तानी सेवा सुरु गरेको छ । अस्पतालले जारी गरेको सूचनाअनुसार १४ गतेदेखि लागू हुने अनलाइन भुक्तानी सेवा कार्यान्वयनमा ल्याएको हो ।

अस्पताल प्रशासनका अनुसार सेवाग्राहीले अब फार्मेसीबाहेक अन्य सेवाका लागि अनलाइन माध्यमबाट भुक्तानी गर्न सक्नेछन् । यसका लागि क्यूआर कोड स्क्यान गरी वा अनलाइन बैंकिङ तथा डिजिटल पेमेन्ट सिस्टम प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

इसेवाबाहेकका अन्य मोबाइल बैंकिङ तथा डिजिटल प्लेटफर्ममार्फत भुक्तानी गर्न सकिने जनाइएको छ ।

















