धनगढी – कैलालीको धनगढीमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्।धनगढी उपमहानगरपालिका–१ शान्तिनगरको रहेको धर्बेन्द्र कोलीको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका हुन ।

सोमबार बेलुकी वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको थियो ।प्रहरीले घटनास्थलबाट नगद ९९ हजार ३०० र ६ गड्डी तास समेत बरामद गरेको जनाएको छ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

















