धनगढी – कैलालीमा लागू औषध सहित २ जना पक्राउ परेका छन्। शनिवार टीकापुर नगरपालिका–१ ब्लक नम्बर १२ बाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ३ ग्राम ३२० मिलिग्रामसहित सोही ठाउँ बस्ने १९ वर्षीय बिशाल कुँवर पक्राउ परेका छ्न ।

यस्तै, शनिबार नै भजनी नगरपालिका–३ मोहनपुरबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ ५ ग्राम २१० मिलिग्रामसहित भारत उत्तर प्रदेश रननगर खिरी बनविरपुर बस्ने ३४ वर्षीय गुरमुख सिंह पक्राउ परेका छन । भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी३१ सीई ५३४८ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा उक्त पदार्थ बरामद गर्दै उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।

दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।


















