धनगढी – कैलालीको जानकी गाउँपालिका–९ कतासे स्थित रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको हाइड्रोपावर नहरमा एक वृद्धको शव भेटिएको छ ।

शनिबार जानकी गाउँपालिका–८ बस्ने ७७ वर्षीय हरिराम थारुको शव नहरमा भेटिएको हो।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का तयार गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

















