धनगढी – कैलालीको एक होटलमा आगलागी हुुँदा एक जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–१ सुखड बजारमा रहेको बिबेक रेस्टुरेण्ट एण्ड लजमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको हो ।

आगलागीमा परेर होटलमै सुतिरहेका डडेल्धुराको आलिताल गाउँपालिका घर भएका मिनबहादुर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

आगो प्रहरीले घोडाघोडी नगरपालिकाको दमकल र स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो । प्रहरीकाअनुसार बोहराले लामखुट्टे भगाउन बालेको अण्डाको क्रेटबाट आगलागी भएको हुनसक्ने देखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
















