खाेज्नुहाेस

धनगढीदेखि जनकपुरसम्म ‘राज सिंहासन’ एसी सोफा बस सेवा सुरु

Image

धनगढी– सुदूरपश्चिमलाई धार्मिक नगरी जनकपुरसँग जोड्ने उद्देश्यसहित धनगढी–जनकपुर ‘राज सिंहासन’ स्तरिय एसी सोफा बस सेवा शुभारम्भ गरिएको छ । शुक्रबार देखी सुन्दर सुदूरपश्चिम यातायात प्रा.ली. ले उक्त बस सेवा सुरु गरेको हो ।

navjiwan hospital

दैनिक रुपमा सञ्चालन हुने धनगढी–जनकपुर–धनगढी रुटमा चल्ने यस बस सेवाले लामो दूरीका यात्रुलाई सहज, सुरक्षित र आरामदायी यात्रा प्रदान गर्ने विश्वास लिइएको छ । आधुनिक सुविधायुक्त एसी सोफा सिटसहितको बसले विशेषगरी धार्मिक तथा आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

attariya hospital

प्रालिका अध्यक्ष पदमराज सापकोटाका अनुसार धनगढीलाई धार्मिक पर्यटन शहर जनकपुरसँग सिधा रूपमा जोड्ने लक्ष्यसहित सेवा सञ्चालनमा ल्याइएको हो । उनले यातायात सेवाले यात्रुहरूको समय बचत गर्नुका साथै सहज र आरामदायी यात्रा अनुभव दिलाउने बताए ।

यस बस सेवामा व्यवसायी श्रवण जयसवाल र उमेश यादवले करोडौं रुपैयाँ लगानी गरेका छन् । उनीहरूका अनुसार गुणस्तरीय सेवा प्रदान गर्दै यात्रुको विश्वास जित्ने लक्ष्य लिइएको छ । नयाँ सेवा सञ्चालनसँगै सुदूरपश्चिम र मधेस प्रदेशबीचको आवागमन थप सुदृढ हुने र धार्मिक पर्यटनसँगै व्यापारिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।