कैलाली – गोदावरी नगरपालिका–३ स्थित नवज्योति आधारभूत विद्यालय करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ ।

विद्यालय परिसरमा करेन्ट लागेर ७ वर्षीया पुनम अधिकारीको मृत्यु भएको हो । उनको शव पोस्टमार्टमका लागि मालाखेती अस्पतालमा राखिएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सेनाले जानकारी दिएका छन् ।

















