धनगढी – कैलालीमा लागुऔषध सेवन र कारोबारमा संलग्न तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका–५ बस्ने ३० वर्षीय घुम्मन रानाको साथबाट १२ ग्राम लागुऔषध बरामद गरिएको छ। उनलाई प्रहरीले शंका लागेर जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेको हो।

त्यस्तै, धनगढी उपमहानगरपालिका-१३ बस्ने २६ वर्षीया आशा चौधरी र सोही स्थानका जनक रानालाई लागुऔषध सेवन गरी रहेको अवस्थामा पक्राउ गरिएको छ।

प्रहरी सहायक निरीक्षक प्रकाश पनेरूको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।















