
अत्तरिया – कैलालीबाट प्रहरीले शनिबार १ लाख ३८ हजार ४५० बराबरको अवैध सामान बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका फेन्सी कपडा र किराना लगायतका सामानहरु बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरी टोलीले उक्त सामान बेवारिसे अबस्थामा फेला पारेको जनाइएको छ ।


















