खाेज्नुहाेस

धनगढीका पतिरामको कुटपिटबाट मृत्यु भएको आरोप, १ जना पक्राउ

Image

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–१ लक्ष्मीनगरका ५६ वर्षीय पतिराम चौधरीको कुटपिटबाट मृत्यु भएको आरोप परिवारले लगाएका छन्। मृतकका आफन्तका अनुसार छिमेकी महेश श्रेष्ठले कुकुर मरेको विषयलाई लिएर रिस राखी चौधरीमाथि कुटपिट गरेको आरोप लगाएका छन् ।

चौधरीको घरको कुकुरले श्रेष्ठको कुकुरलाई टोकेर मारेपछि विवाद उत्पन्न भएको थियो। परिवारका सदस्यका अनुसार श्रेष्ठले राति सुतिरहेका चौधरीलाई मरेको कुकुर देखाउने बहानामा आफ्नो घरमा बोलाएका थिए ।

attariya hospital
navjiwan hospital

लामो समयसम्म चौधरी घर नफर्किएपछि आफन्तहरू खोज्दै जाँदा चौधरी श्रेष्ठकै घरमा बेहोस अवस्थामा फेला परेका थिए । मृतककी श्रीमती रूपा चौधरीले आफ्ना पति सिँढीको तल ढलेको अवस्थामा भेटिएको र शरीरमा चोटपटक तथा निलडाम देखिएको बताउँदै कुटपिट गरेर हत्या गरिएको आरोप लगाएका छन ।

महेश श्रेष्ठकी आमा सुमित्रा श्रेष्ठले कुटपिट नभएको बताउँदै छतमा मरेको कुकुर हेरेर तल झर्दै गर्दा चौधरी लडेको बेहोस भएको बताएकी छिन ।

बेहोस अवस्थामा फेला परेका चौधरीलाई उपचारका लागि अस्पताल लगिएको थियो। चिकित्सकले परीक्षणपछि मृत घोषणा गरेका थिए।घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले घटनाबारे अनुसन्धान जारी रहेको बताए ।