खाेज्नुहाेस

गोदावरीका ३ जना लागूऔषध सहित पक्राउ

Image

धनगढी – कैलालीबाट प्रहरीले लागूऔषध सहित ३ नालाई पक्राउ गरेको छ। पक्राउ परेका ३ जना गोदावरीका रहेका छन ।

धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट ६५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित गोदावरी नगरपालिका–१ का २१ वर्षीय राज बिकलाई बिहीबार दिउँसो पक्राउ गरिएको हो। उनलाई प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जनाएको छ।

attariya hospital
navjiwan hospital

यस्तै धनगढी–३ त्रिनगरबाट २ ग्राम २२० मिलिग्राम सोही प्रकृतिको लागूऔषधसहित गोदावरी नगरपालिका–६ बडैयाका २२ वर्षीय राजकुमार घर्ती पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

त्यसैगरी, गोदावरी नगरपालिका–१ स्थित शिवशक्ति महारुद्र स्टिल तथा आल्मुनियम उद्योगबाट ३ ग्राम ९२० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित सोही स्थानका २७ वर्षीय दिकसन पन्तलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले बिहीबार बेलुका पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबैलाई सम्बन्धित मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।