अत्तरिया – गोदावरी नगरपालिकामा विपद् जोखिम न्यूनीकरणका लागि मर्सिकोर नेपालले करिब ३ लाख ४५ हजार रुपैयाँका अत्यावश्यक राहत तथा उद्धार सामग्री सहयोग गरेको छ । ‘आर्थिक विकास मार्फत जोखिम व्यवस्थापन’ कार्यक्रम अन्तर्गत नगरपालिकाको आपतकालीन परिचालन केन्द्रलाई उक्त सामग्री उपलब्ध गराइएको हो ।

हस्तान्तरण गरिएका सामग्रीमा जीवन रक्षा र उद्धारका लागि अत्यावश्यक १२ प्रकारका उपकरणहरू समावेश छन् । जसअन्तर्गत लाइफ ज्याकेट (१८ थान), फोल्डिङ स्ट्रिचर (२ थान), मेगाफोन (५ थान), फायर सुट (३ थान) र सर्प समात्ने औजार (२ थान) रहेका छन् । त्यस्तै सुरक्षा उपकरणतर्फ सुरक्षा जुत्ता (१० जोर), फायर ब्ल्यांकेट (५ थान) र म्यानुअल साइरन (२ थान) समावेश छन् ।

कार्यालय तथा पूर्वाधारतर्फ मिटिङ चियर (१२ थान), ल्यापटप (१ थान) र गैंती–बेल्चा जस्ता आवश्यक औजारहरू पनि प्रदान गरिएको छ । उक्त सामग्री मर्सिकोरका सुरज सिग्देलले नगर प्रमुख विरेन्द्र भट्ट लाई सामग्री हस्तान्तरण गरेका थिए ।

















