धनगढी – कैलालीको धनगढीमा डेरा गरेर बस्ने २६ वर्षीय विशाल चन्द लागू औषध सहित पक्राउ परेका छन ।

बुधबार धनगढी उपमहानगरपालिका – ८ धनगढीगाँउमा अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११० मिलिग्राम सहित धनगढी – १ मा डेरा गरी बस्ने विशाल पक्राउ परेका हुन ।

उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
















