खाेज्नुहाेस

प्रधानमन्त्री र मन्त्रीहरु सँग ८०० तोला सुन

Image

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

नयाँ बनेको सरकारका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगरेको भनेर प्रश्न उठिरहेका बेला आइतबार प्रधानमन्त्रीसहितका मन्त्रीहरूले सम्पत्ति सार्वजनिक गरेका हुन् ।सम्पत्ति सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा विभिन्न प्रकारका टिप्पणीहरू सुरु भएका छन् ।

attariya hospital

धेरैजसोले प्रधानमन्त्रीसहितका मन्त्रीहरूको गरगहना (सुन, चाँदी, हार) लगायतका विषयमा प्रश्न गरिरहेका छन् । सार्वजनिक भएको विवरण अनुसार प्रधानमन्त्री र १५ वटा मन्त्रीहरु सँग ७९९.५ तोला सुन भएको विवरण उल्लेख छ ।
जसमा सबैभन्दा धेरै सुन उद्योगमन्त्री गौरी कुमारीको सबैभन्दा बढी देखिन्छ । उनले आफ्नो सम्पत्ति विवरणमा सुनमात्रै १८० तोला रहेको उल्लेख गरेकी छिन् । उता प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० ले गरगहना १९० तोला रहेको उल्लेख गरेका छन् । यद्यपि उनले सुन, चाँदी, हिरा भनेर केही पनि उल्लेख गरेका छैनन् ।

navjiwan hospital

त्यस्तै, गृहमन्त्री सुधन गुरुङ– ८९ तोला, श्रम मन्त्री रामजी यादवको ८० तोला सुन रहेको सम्पत्ति विवरणमा खुलाएका छन् ।

अर्थमन्त्री स्वर्णिम वाग्लेको ४५ तोला, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको ३० तोला, स्वास्थ्यमन्त्री निशा मेहेताको ३० तोला, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको २५ तोला रहेको जनाएका छन् ।

त्यसैगरी शिक्षामन्त्री सस्मित पोखरेलको २५ तोला, परराष्ट्रमन्त्री शिशिर खनालको २२ तोला, महिला बालबालिकामन्त्री सीता वादीको १८ तोला सुन रहेको विवरणमा छ ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको १५ तोला, कानुनमन्त्री सोविता गौतमको १५ तोला, पर्यटनमन्त्री खडकराज पौडेलको ११ तोला, सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको करिब ७ तोला र कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीको ५ तोला सुन रहेको विवरणमा उल्लेख छ ।