अत्तरिया – कैलालीको अत्तरियामा सार्वजनिक सवारी साधनको मापसे लापसे चेकजाँच गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालल कैलालीले प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया अगाडि सवारी सार्वजनिक सवारी साधन रोकेर चालकको मापसे चेकजाँच गरेको हो ।
जिल्ला ट्राफिक कार्यालय कैलालीका प्रमुख रेशम प्रसाद आचार्य सडक सुरक्षाका लागि लापसे मापसे चेकजाँच गरिएको बताए । उनले युरेन (पेसाव) चेकजाँच गरेर परिक्षण गरेकै स्थानमा नतिजा आउने बताए । उनले मापसे लापसे चेकचाँज लाई किट उपलब्ध भएसम्म निरन्तरता दिइने बताए ।


शनिबार सवारी चलाउने २३ जना चालकमाथि परीक्षण गरेको थियो । जाँच गरिएका सबैमा लापसे नेगेटिभ देखिएको प्रहरीले जनाएको छ ।
भिडियो



















