खाेज्नुहाेस

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

Image

धनगढी – धनगढीमा नेपाल पत्रकार महासंघ कैलाली शाखाले सरकारको नयाँ परिपत्रविरुद्ध दबाबमूलक कार्यक्रम तीव्र पारेको छ। सरकारी सूचना तथा विज्ञापनहरू सरकारी सञ्चार माध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिइएकोप्रति महासंघले गम्भीर आपत्ति जनाएको हो।बिहीबार आयोजित सरोकारवालासँगको छलफलले उक्त परिपत्र तत्काल सच्याउन सरकारसँग माग गर्ने निर्णय गरेको छ। पत्रकारहरूले यो निर्णयले स्वतन्त्र सञ्चार माध्यममा नकारात्मक असर पार्ने र निजी मिडियाको अस्तित्वमै चुनौती सिर्जना गर्ने निष्कर्ष निकालेका छन्।

navjiwan hospital

सरकारलाई दबाब दिन प्रधानमन्त्री, सञ्चार मन्त्री तथा सुदूरपश्चिम प्रदेशका प्रतिनिधिसभा सदस्यहरूलाई मोबाइल सन्देश पठाउने कार्यक्रमसमेत तय गरिएको छ। ुसरकारी विज्ञापन सबैलाई बराबरी, निजी मिडियाको सम्बर्द्धन गरौँ, श्रमजीवी पत्रकारको रोजीरोटी नखोसियोस्ु भन्ने मागसहित सन्देश पठाउन महासंघले आफ्ना सदस्यहरूलाई आग्रह गरेको छ।

attariya hospital

शाखा अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा सम्पन्न उक्त छलफलमा केन्द्रीय तथा प्रदेश समितिका पदाधिकारी, पूर्वपदाधिकारी, पूर्वअध्यक्ष तथा कैलालीका विभिन्न सञ्चार माध्यमका सम्पादकहरूको सहभागिता रहेको थियो।