खाेज्नुहाेस

प्रज्ञान पाठशालाको पहिलो वार्षिकोत्सव सम्पन्न

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– १ मा रहेको प्रज्ञान पाठशालाको वार्षिकोत्सव सम्पन्न भएको छ । बिहिबार एक औपचारीक कार्यक्रमका बिच प्रज्ञानको पहिलो वार्षिकोत्सव सम्पन्न भएको हो ।

विद्यालयका सञ्चालक शिवराज भट्टको सभापतित्वमा भएको औपचारीक कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रयाग राज जोशी रहेका थिए । कार्यक्रममा बोल्दै जोशीले विद्यालय ज्ञान सिप दिने स्थल मात्रै नभई बालबालिकाहरुको भविष्य निर्धारण गर्ने स्थल पनि भएको बताए ।

attariya hospital
navjiwan hospital

उनले बालबालिकाहरुलाई आत्मविश्वासी, प्रतिष्पर्धि तथा क्षमतावान बनाउनुका साथै जिवनोपयोगी सिप सिकाउने र हरेक चुनौतीको सामना गर्न सक्षम बनाउने स्थलका रुपमा विद्यालयलाई लिन सकिने बताए । कार्यक्रममा बोल्दै उनले बालबालिकाहरुको भविष्य उज्ज्वल बनाउनका लागि अभिभावकहरुले पनि आफ्नो क्षेत्रबाट भुमिका निर्वाह गर्न आवश्यक रहेको बताए । घरपरिवार बालबालिकाहरुको पहिलो विद्यालय भएको बताउदै उनले विद्यालयमा भन्दा पनि घरपरिवारबाट नै बालबालिकाहरुले राम्रो नराम्रो संस्कार र शिक्षा सिक्ने बताए ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । त्यसबाहेक कार्यक्रममा चालु शैक्षिक सत्रमा प्राप्त गरेको उपलब्धीका आधारमा विद्यार्थीहरुलाई पुरस्कृत एवम् सम्मानित गरिएको थियो ।
आफ्नो पहिलो वार्षिकोत्सव मनाएको विद्यालयमा पिजि देखी कक्षा १० सम्म अध्यापन हुदै आएको छ । विद्यालयकी शिक्षिका भावना भट्टले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमलाई कक्षा ८ का विद्यार्थीद्धय नरेश विश्वकर्मा र प्रत्युशा भट्ट तथा शिक्षकद्धय निर्मला मडै र यादव भट्टले सञ्चालन गरेका थिए ।