खाेज्नुहाेस

बढ्यो गाडी भाडा, काठमाण्डौं धनगढीको भाडा २०११ देखि ३३७९ सम्म

Image
अत्तरिया – सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले इन्धनको मूल्यमा ५ रुपैयाँ थपघट हुँदा भाडा समायोजन गर्ने व्यवस्था अनुसार भाडा दर बढाएको हो । जसअनुसार १६.७१ प्रतिशत सम्म भाडा बढेको छ ।
attariya hospital
नयाँ भाडा दर अनुसार अब काठमाण्डौं धनगढीको भाडा २०११ देखि ३३७९ सम्म पुगेको छ । ६८८ किलोमिटर रहेको यो रुटमा नर्मल भाडा २०११ र २३४७, डिलक्स भाडा २८१६ र सुपर डिलक्स भाडा ३३७९ पुगेको छ ।
navjiwan hospital
यस्तै काठमाण्डौं महेन्द्रनगरको भाडा २०२७ देखि ३४०६, काठमाण्डौं डडेल्धुरा २३६९ देखि ३९८१, काठमाण्डौं बैतडी २७१५ देखि ४५६२ कायम गरिएको छ ।