खाेज्नुहाेस

समन्वय समितिले शिक्षामन्त्रीलाई बुझायो ६ बुँदे माग सहितको ज्ञापन पत्र 

Image
अत्तरिया – सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सरोकार तथा समन्वय समितिले शिक्षामन्त्रीलाई बुझायो ६ बुँदे माग सहितको ज्ञापन पत्र बुझाएको छ ।
attariya hospital
बुधवार विश्वविद्यालय सभामा सहभागी हुन आएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई भेटेर समितिले ६ बुँदे माग सहितको ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा आधुनिक उपकरण सहित पूर्ण क्षमताको ६०० शैयाको अस्पतालको सङ्गठनात्मक सर्वेक्षण तथा व्यवस्थापन पारित गरि सञ्वालन गर्न र आगामी आर्थिक वर्षभित्र चिकित्सा शिक्षाको एमबीबीएस लगायत अन्य कार्यक्रमको पठन–पाठन शुरूवात गर्न माग गरिएको छ ।

navjiwan hospital

यस्तै अतिक्रमणमा परेको विश्वविद्यालयको ४.७४ हेक्टर जग्गा विश्वविद्यालयको नियन्त्रणमा लिई भविष्यमा आवश्यक पर्ने खेल मैदान लगायतका अन्य पूर्वाधारका लागि थप २० बिगाह (१३.५४ हेक्टर) जग्गा प्राप्तिको प्रक्रिया तत्काल अघि बढाउन, विश्वविद्यालय हाताभित्र शहीद दशरथ चन्दको सालिक सहितको पार्क निर्माणका लागि १० कठ्ठा ( ०.३३) हेक्टर जग्गा उपलब्ध गराउन, विश्वविद्यालयले प्रदान गर्ने छात्रवृत्तिमा सुदूरपश्चिम प्रदेश र विश्वविद्यालय अवस्थित स्थानीय पालिकाका लागि २५% सिट, उपचारमा ५०% छुट र रोजगारीमा प्राथमिकता दिन र विश्वविद्यालय सभामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष÷समन्वय समितिको प्रतिनिधित्व गर्ने व्यवस्था गर्न माग गरिएको छ ।

ज्ञापन पत्रमा समितिका संयोजक लोकराज पाण्डेय (आगो), सह–संयोजक आनन्द प्रसाद भट्ट र सचिव धर्मसिंह कुँवरको हस्ताक्षर रहेको छ ।

भिडियो