खाेज्नुहाेस

सुप समावेशी आधारभुत विद्यालयको वर्तमान अवस्था र भावी योजनाको बारेमा छलफल

Image

अत्तरिया– कैलालीको अत्तरियामा रहेको सुप समावेशी आधारभुत विद्यालयको वर्तमान अवस्था र भावि योजनाको बारेमा छलफल गरिएको छ । सोमबार विद्यालय प्रशासनले विद्यालयको वर्तमान अवस्था तथा भावि योजनाहरुका बारेमा सरोकारवालाहरुसँग छलफल गरेको हो ।

navjiwan hospital

छलफलमा विभिन्न गोदावरी नगरपालिकाका प्रवत्ता एवम् वडा नं. १ का वडाध्यक्ष गोपाल दत्त भट्ट, वडा नं. २ का वडासदस्य डबल साउँद लगायत विभिन्न संघसंस्थाका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । अपांगता भएका बालबालिकाहरुलाई आवास सहितको शिक्षा प्रदान गर्दै आईरहेको सुप समावेशीको वर्तमान अवस्था र भावि योजनाहरुका विषयमा विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदले प्रस्तुती दिएका थिए । प्रस्तुतीका क्रममा उनले विद्यालयले पछिल्लो केही समय यता प्राप्त गरेका उपलब्धीहरु दर्शाउनुका साथै विद्यालय र अपांगता भएका बालबालिकाहरुका समस्याहरु दर्शाएका थिए । उनले अपांगता भएका बालबालिकाहरुलाई अन्य बालबालिकासरह नै शिक्षा प्राप्त गर्ने अधिकार भएको बताउदै उनले हालसम्मको अवस्थामा त्यसो हुन नसकेको भन्दै गुनासो पोखेका थिए ।

attariya hospital

विद्यालयमा नयाँ शैक्षिक सत्रमा २० जना नयाँ बालबालिकाहरु अध्यापनका लागि आउन लागेको संस्थापक अध्यक्ष साउँदले बताए । उनले ति बालबालिकाहरुलाई विद्यालयमा आवास सहितको सेवा दिन सकिने अवस्था नरहेकाले गेटामा रहेको नेपाल अपाङ्ग संघमा अर्को व्यवस्था नहुनजेल सम्मका लागि आवासिय व्यवस्थापन गरिएको साउँदले बताए । उनले ति बालबालिकाहरुलाई आवास व्यवस्थापन गरिएको क्षेत्रबाट विद्यालयसम्म ल्याउन र लैजानका लागि सत्यवती एकेडेमीका सञ्चालक वीर बहादुर कडायतले सहयोग गरेको बताए । उनले आवास सहितको सुविधा नभएका कारण नयाँ आएका बालबालिकाहरुलाई अर्काे स्थानमा राख्नुपरेको भन्दै उनले दुःख व्यक्त गरे । उनले विद्यालयलाई अझै आवासिय रुपमा व्यवस्थित बनाउन जरुरी रहेको समेत बताए ।