खाेज्नुहाेस

रेमश चौधरीलाई जेल पठाउन आदेश लेख्ने अधिकृत बिष्ट दोषी ठहर

Image

काठमाडौँ – रेशम चौधरीलाई अनाधिकृत रुपमा जेल पठाउने आदेश तयार पारेर बुझाउने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह बिष्ट दोषी ठहर भएका छन् ।

navjiwan hospital

चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपतिले टिकापुर घटनामा दिएको आममावि विरुद्ध परेको रिटमा न्यायिक सुनुवाइ विनै सनकको भरमा पत्र लेखेर उनले चौधरीलाई एकाएक जेल पुर्याएका थिए । फर्जी पत्र तयार पारेको थाहा पाएपछि लगत्तै चौधरीलाई मुक्त गरिएको थियो ।

attariya hospital

प्रहरीले उनलाई पक्राउ गरेर सरकारी कागजात किर्तेमा अनुसन्धान गरेको थियो भने चौधरीले पनि आफूलाई दुःख दिएको भन्दै अदालतमा मुद्दा हालेका थिए । आइतबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश खिमानन्द भुषालको इजलासले उनलाई दोषी ठहर गरेको हो । सजाय भने एक महिनाभित्र निर्धारण हुनेछ ।