खाेज्नुहाेस

व्यवसायी शंकर अग्रवाललाई रिहा गर्ने निर्णय

Image

काठमाडौँ – व्यवसायी शंकर अग्रवाललाई रिहा गर्ने निर्णय गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई रिहा गर्ने निर्णय गरेको हो ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धान गर्न शुक्रवार राति विभागले उनलाई नियन्त्रणमा लिएको थियो । अग्रवाल व्यावसायिक घराना शंकर ग्रुपका अध्यक्ष हुन् ।

navjiwan hospital

सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा बयान लिएर अग्रवाललाई रिहा गरिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले बताए ।

attariya hospital

शंकरका छोरा सुलभ अग्रवाललाई भने थुनामै राखिएको छ । सुलभ आइतबार विभागको सम्पर्कमा पुगेका थिए ।

विभाग प्रमुख ठाकुरले भने, ‘‘शंकरको हकमा हामीले बयान सकेर छाडेका हौँ । उहाँलाई राख्नुपर्ने देखिएन । उहाँका छोरा सुलभलाई थुनामै राखेर अनुसन्धान गर्ने निर्णय गरेका छौँ ।’’