अत्तरिया– दुर्गालक्ष्मी महिला सामुदायिक बन उपभोक्ता समुहको साधारण सभा सम्पन्न भएको छ । शनिबार एक औपचारीक कार्यक्रमका बिच समुहको १६औ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

समुहकी अध्यक्ष शिवा कडायतको सभापतित्वमा आयोजित औपचारीक कार्यक्रमका प्रमुख अतिथि सामुदायिक बन उपभोक्ता समुहका संस्थापक डिल्लीराज खत्री रहेका थिए । साधारण सभामा सामुदायिक बनको आर्थिक वर्ष २०८१/०८२ को प्राप्ती र भुक्तानीको विवरण प्रस्तुत गरिएको थियो । सो विवरण अनुसार दुर्गालक्ष्मी सामुदायिक बनले १० लाख ५५ हजार २७५ रुपैया प्राप्ती गरेको देखिएको छ । जसमा दाउरा बिक्रि, सदस्यता नविकरण, नयाँ सदस्यता शुल्क, माछा पालनबाट, चिरान काठ बिक्रि बाट लगायत रहेका छन ।

त्यस्तै भुक्तानीमा सामुदायिक बनले ५ लाख ७१ हजार ६५ रुपैया राखेको छ । भुक्तानी दिएर ४ लाख ८४ हजार २१० रुपैया बाँकी रहेको सामुदायिक बनले विवरणमा उल्लेख गरेको छ । त्यसबाहेक विभिन्न व्यक्ति तथा संस्थाबाट पाउनुपर्ने रकम १ लाख ४१ हजार २६७ रुपैया रहेको उल्लेख गरिएको छ भने भुक्तानी दिनुपर्ने रकम ४ लाख २१ हजार ५०० रहेको उल्लेख गरिएको छ ।
उक्त सामुदायिक बनले यसअघि साधारण सभाको आयोजना गरेपनि गणपुरक संख्या नपुग्दा दोस्रो दिन कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानिय बुद्धिजिविका साथै सामुदायिक बनका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन ंसमुहकी सचिव संगिता बि.क ले गरेकी थिईन ।














