खाेज्नुहाेस

कैलालीमा लागू औषध सहित २ जना पक्राउ

Image
file photo

धनगढी – कैलालीको टीकापुरका २ जना लागूऔषधसहित पक्राउ परेका छन्।

navjiwan hospital

टीकापुर नगरपालिका–८ अनरुवाबाट लागूऔषध खैरो हेरोईनसहित सोही ठाउँ बस्ने १९ वर्षीय रोहन विक र २० वर्षीय उत्तम साउदलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।

attariya hospital

प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट ७८० मिलिग्राम लागू औषध खैरो हेरोइन फेला परेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ।