खाेज्नुहाेस

कैलालीमा थ्रेसरमा हात च्यापिँदा एक जना घाइते

Image

अत्तरिया – कैलालीमा थ्रेसरमा हात च्यापिँदा एक जना घाइते भएका छन्।

navjiwan hospital

सोमबार साँझ गौरीगंगा नगरपालिका–११ शिवपुरमा गहुँ दाउने क्रममा
थ्रेसरमा हात च्यापिँदा स्थानीय ४१ वर्षीय गोरख सिंह धामी घाइते भएका हुन्। उनी गहुँ दाउने क्रममा ट्याक्टरमा जडान गरिएको थ्रेसरमा गहुँ हालिरहेका बेला दाहिने हात च्यापिँदा गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।

attariya hospital

घाइते धामीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारभइरहेको प्रहरीले जनाएको छ ।

ट्याक्टरमा जडान गरिएको थ्रेसर नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।