खाेज्नुहाेस

भासुमा भिरबाट लडेर एक जनाको मृत्यु

Image
file photo

धनगढी – कैलालीको चुरे गाउँपालिका–५ भासु गाउँमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले ४७ वर्षीय दुर्गा अर्खालीकाे भीरबाट लडेर मृत्यु भएको बताए ।

attariya hospital

उनी घर नजिकैको जंगलमा बाख्रा चराउन गएका थिए । तर, साँझ ढल्किँदासम्म घर नफर्किएपछि परिवार र छिमेकीले खोजतलास गरेका थिए।

खोजीका क्रममा उनी भिरबाट लडेर मृत अवस्थामा फेला परेका हुन् ।