खाेज्नुहाेस

अत्तरियामा अनुमति बिना शिविर सञ्चालन गरेका शिवशक्ती बाबालाई प्रशासनले फर्कायो

Image

अत्तरिया – कैलालीको अत्तरियामा विगत ४ दिन देखि विभिन्न समस्याको आयुर्वेदिक विधिबाट समाधान गर्ने भन्दै शिविर चलाएका शिवशक्ती बालालाई प्रशासनले रोक लगाएको छ । शनिवार देखि अत्तरियाको नमस्ते होलटमा बसेर शिविर चलाइरहेका उनलाई मंगलबार बिहान प्रशासनले फर्काएको हो ।

सुरुमा निःशुल्क शिविर सञ्चालन गरिएको भनेर प्रचार गरिए पनि पछि शुल्क लिन थालिएपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो ।

attariya hospital
navjiwan hospital

त्यसपछि प्रशासनले अनुमति मागेको थियो । उनले अनुमति लिएको पत्र देखाउन नसकेपछि शिविर बन्द गर्न भनिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रण बहादुर चन्दले बताए । उनले सोमबार प्रहरी चौकीमा बोलाएर अनुमति नभएर बन्द गर्न भनेको बताए ।

उनले भने ‘यहाँबाट अनुमति लिन्छु भनेर गएका थिए । पछि अनुमति नलिएर शुल्क पनि लिएको कुरा आएको थियो ।’ उनले औषधीको धेरै मूल्य लिएको, इन्ट्रि शुल्क पनि लिएको गुनासो प्रशासनमा पुगेको बताए ।

अत्तरियामा उनले उपचार सुरु गरेपछि भने होटल बाहिरै सम्म भिड लागेको थियो । उनको चैत १४ गते सम्म अत्तरियामा बस्ने कार्य तालिका भए पनि प्रशासनले रोकेपछि आजै फर्किएका हुन । उनले यसअघि कैलालीको सुक्खडमा पनि शिविर सञ्चालन गरेका थिए ।