अत्तरिया– कैलालीको अत्तरियामा विश्व मौसम विज्ञान दिवस मनाइएको छ । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले ‘विशेष कार्यक्रम’ को आयोजना गरी मौसम दिवस मनाएको हो ।
जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका प्रमुख सञ्जय कुमार शाहको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की रहेका थिए भने विशिष्ठ अतिथिमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास समितिका सभापति धर्मराज पाठक रहेका थिए । कार्यक्रमलाई मर्सी कप्र्स, पेशवान, अक्सफाम, एनएनएसडब्ल्युए, निड्स नेपाल, स्विस रे फाउन्डेशन, डिसिए लगायतका संस्थाहरुले सहयोग गरेका छन ।

विश्व हिमनदी दिवस हरेक वर्ष मार्च २१ मा मनाइने अन्तर्राष्ट्रिय दिवस हो । सो दिवस हिमनदीको संरक्षण, जलवायु परिवर्तनका प्रभाव तथा पानीको दीर्घकालीन सुरक्षासँग यसको सम्बन्धबारे जनचेतना अभिवृद्धि गर्न मनाइन्छ । त्यसैगरी विश्व जल दिवस हरेक वर्ष मार्च २२ मा मनाइने अन्तर्राष्ट्रिय दिवस हो । जुन स्वच्छ पानीको महत्वबारे जनचेतना अभिवृद्धि गर्न तथा पानीका स्रोतको दिगो व्यवस्थापनमा जोड दिनका लागि मनाईन्छ । तर हरेक वर्ष मार्च २३ का दिन विश्व मौसम विज्ञान संगठनको स्थापना दिवसका अवसरमा विश्व मौसम विज्ञान दिवस मनाउने गरिन्छ ।

कार्यक्रममा भू तथा जलाधार व्यवस्थापन कार्यालय कैलालीका प्रमुख डा. किशोर अर्यालले जलवायु परिवर्तन र पारिस्थीतिक प्रणालीमा आधारित अनुकुलनका विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए । उनका अनुसार दिवसले मौसम, जलवायु तथा जलसम्बन्धी सेवाहरूले मानव जीवन, कृषि, जलस्रोत व्यवस्थापन तथा विपद् जोखिम न्यूनीकरणमा पु-याउने योगदानबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको छ । प्रतिवेदनमा उनले हिमनदी तथा जलको महत्वका विषयमा जानकारी दिनुका साथै पछिल्लो समय जलवायु परिवर्तनले निम्त्याएको समस्या र त्यसको समाधानका विषय उल्लेख गरेका थिए ।
उनले नेपालमा बाढी, पहिरो, अत्यधिक वर्षा तथा खडेरी जस्ता प्राकृतिक विपद्हरुको जोखिम बढ्दै गएको औल्याएका थिए । जसका कारण मौसम अवलोकन, पूर्वानुमान र पूर्वसूचना प्रणालीको प्रभावकारी प्रयोग अत्यन्त आवश्यक रहेको उनको ठहर छ । उनले विश्वमा घट्ने प्राकृतिक प्रकोपहरु मध्ये ९०% प्रकोपहरु जल–मौसमजन्य कारणले हुने गरेको समेत बताए । जसले औसतमा ७१% आर्थिक क्षति पु¥याउने गरेको बताउदै उनले जुन विकासको लागि ठुलो चुनौतीको रुपमा देखा परेको समेत बताए ।
डा. अर्यालले प्रस्तुत गरेको प्रतिवेदनमा गृहमन्त्रालय स्रोतको विपद् पोर्टलमा उपलब्ध तथ्याङ्क अनुसार नेपालमा पछिल्लो १० वर्षमा विनासकारी भुकम्प वाहेक जम्मा मृत्यु भएका संख्याको जल तथा मौसम जन्य प्रकोपहरुका कारण मात्र ८८% ले ज्यान गुमाउनु परेको छ । सवैभन्दा वढी क्षति पहिरो, चट्याङ, वाढी र आगलागीका कारण हुने गरेको देखिएको उनको प्रतिवेदनमा उल्लेख छ । उनले प्रतिवेदनमा नेपाल जलवायु परिवर्तनको दृष्टिकोणले विश्वका करिव १८० वटा राष्ट्रहरुमध्ये जोखिम सुचीमा चौथो स्थानमा पर्ने गरेको समेत बताएका छन ।
डा. अर्यालले यस्ता प्रकारका समस्याहरुको समाधान गर्न र विश्वव्यापि दिगो विकास लक्ष्य, जलवायु परिवर्तन र विपद् जोखिम न्यूनिकरणका निमित जलवायु र जलको व्यवस्थापनमा ध्यान दिन जरुरी रहेको औल्याएका छन । त्यसबाहेक मौसम एवं जल सम्वन्धी अति वढी, अति कम र अति प्रदुषित अवस्थासंग अनुकूलन हुने क्षमता विकास गर्नुपर्ने जरुरीका लागि जल÷जलवायु÷मौसम पूर्वसूचना प्रणालीमा सुधार गर्न आवश्यक रहेको उनको बुझाई छ । उनले जल तथा मौसम अवलोकन केन्द्रहरुको व्यवस्थापन पनि महत्वपुर्ण रहेको प्रतिवेदनमा उल्लेख गरेका छन ।
दिवसको अवसरमा आजको अवलोकन, भोलिको सुरक्षा भन्ने नाराका राखिएको थियो । जसको कार्यान्वयनका लागि विधालय र समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्न जरुरी रहेको जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका प्रमुख सञ्जय कुमार शाहले बताए । उनले जलवायु परिवर्तनका बारेमा जानकारी दिने तथा आवश्यक पहलहरु गर्ने कार्य हुदै आएको समेत बताए ।



















