खाेज्नुहाेस

अत्तरिया बजारमा बजाज कम्पनिको नयाँ इलेक्ट्रिक अटो

Image

अत्तरिया– कैलालीको अत्तरियामा पेट्रोल अटो जस्तै देखिने इलेक्ट्रिक अटो पाईने भएका छन । अत्तरियामा रहेको बजाज कम्पनिका विभिन्न सवारी साधनहरु आधिकारीक रुपमा बिक्रि गर्दै आईरहेको रुद्र अटोमोटिभ्सले पेट्रोल अटो जस्तै देखिने इलेक्ट्रिक अटो बजारमा ल्याएको हो ।

navjiwan hospital

उक्त अटोले पेट्रोल अटोको भन्दा राम्रो सेवा सुविधा प्रदान गर्ने र पेट्रोलको खर्च घटाई आम्दानीमा वृद्धि गर्ने कम्पनिले विश्वास लिएको छ । रुद्र अटोमोटिभ्सका कर्मचारी करन रावलले इलेक्ट्रिक अटोले फुल चार्जमा १७० किलोमिटर सम्म गुड्न सक्ने बताए । उनले सो अटोमा ८.९ किलोवाटको ब्याट्री रहेको र फुल चार्ज गर्नका लागि करिब साढे ४ घण्टा लाग्ने बताए । उनका अनुसार पहाडी क्षेत्रमा समेत सञ्चालन गर्न सकिने सो अटो शुन्य ब्याजदरमा फाईनान्समा समेत उपलब्ध रहेको छ । पेट्रोल अटोको जस्तै लुक र सोही अनुसारको मानिस राख्न सक्ने क्षमताको सो अटोले पेट्रोलमा राख्ने खर्च एक चौथाई भन्दा बढी कम गर्ने उनको भनाई छ ।

attariya hospital

बजाज कम्पनिका कर्मचारी संगीत मान श्रेष्ठले इलेक्ट्रिक गाडीमा ब्याट्री र मोटर नै मुख्य कुरा हुने बताए । उनले बजाजको नयाँ इलेक्ट्रिक अटोमा रहेको ब्याट्री र मोटर एकदमै गुणस्तरिय र बलियो एवम् भरपर्दाे रहेको बताए । उनका अनुसार उक्त अटो पहाडी क्षेत्रमा लैजादा कारणबस बन्द भएमा ३ सेकेन्ड सम्म आफै रोकिनेछ । त्यसबाहेक अटोमा इको र पावर मोड रहेकाले अन्य अटोको तुलनमा राम्रो माइलेज रहेको उनले बताए । कम्पनिका अनुसार सो अटोको मुल्य करिब ७ लाख ५९ हजार ९०० रुपैया रहेको छ । हुलास फाइनान्स कम्पनिले शुन्य ब्याजदरमा फाइनान्सको सुविधा समेत दिएको उनले बताए । उनले अटोको चार्जका लागि महिनामा करिब ३ हजार जती मात्रै खर्च आउने बताए ।