खाेज्नुहाेस

धनगढीमा निजी विद्यालयले अब आफूखुसी बर्सेनि पाठ्यपुस्तक फेर्न नपाउने

Image

अत्तरिया – कैलालीको धनगढीमा निजी विद्यालयलाई आफू खुसी पाठ्यपुस्तक फेर्न रोक लगाइएको छ ।

navjiwan hospital

बर्सेनि पाठ्यपुस्तक फेरेर अभिभावकलाई थप आर्थिक बोझ पर्ने गरेको गुनासोलाई मध्यनजर गरेर उपमहानगरपालिकाले अनुमति विना पाठ्यपुस्तक फेर्न नपाउने निर्देशन जारी गरेको हो ।

attariya hospital

धनगढी उपमहानगरपालिकाका शाखा अधिकृत घुम्मन सिंह बडायकको हस्ताक्षर रहेको पत्रमा पूर्व अनुमति बिना कुनै विद्यालयले पाठ्यपुस्तक परिवर्तन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने उल्लेख छ ।