खाेज्नुहाेस

क्यान्सरले थलिएका गोदावरीका हेमन्त बडैलाको उपचारका लागि सहयोगको अपिल

Image

अत्तरिया – क्यान्सर रोगले थलिएका कैलालीको गोदावरी नगरपालिका – १२ चौकीका १७ वर्षीय हेमन्त बडैलाको उपचारका लागि सहयोगको अपिल गरिएको छ । विगत १ वर्ष देखि उनको उपचारमा जुधेको परिवारले सहयोगको अपिल गरेको हो ।

गत वर्ष माघ महिना देखि उपचार गराउन विभिन्न अस्पताल धाउँदा पनि निको नभएको उनका दाइ मनिष बडैलाले बताए । उनले सुरुमा भारतमा र पछि नेपालमा उपचार गराउँदा १४/१५ लाख खर्च भए पनि निको नभएको बताए । उनले भाइको थप उपचारका लागि परिवारको आर्थिक अवस्था कमजोर भइसकेकाले सहयोगको लागि अपिल गरे ।

attariya hospital
navjiwan hospital

हेमन्तको हाल बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेको छ । उनको घुँडामा क्यान्सर भएको अस्पतालले बताएको हेमन्तका दाइ मनिषले बताए । अहिले अस्पतालले इम्युनोथेरापी गरिरहेको छ, तर समस्या घट्नुको सट्टा झन् झन् बढिरहेको छ’ उनले भने ‘अहिले घरमा ल्याएका छौ । भोलि फेरी नेपालगन्ज (बाँके) लगेर जाँदै छु । अब के गर्ने भन्ने बारेमा डाक्टरसँग सल्लाह गरेर थाहा हुन्छ ।’

हेमन्तका बुवा रोजगारीको सिलसिलामा भारतको सुरतमा रहेका छन् । आफू पनि भारतमा होटेलमा काम गर्ने गरेकोमा भाइ बिरामी भए पनि काम छोडेर भाइलाई अस्पताल लग्न ल्याउने काम गरिरहेको बताए ।

उनले सहयोगकको लागि आफ्नो मोबाइल नम्बर ९७४३५९०७५० मा फोन गर्न वा क्युआरमा रकम पठाइदिन अनुरोध गरेका छन ।