खाेज्नुहाेस

लागू औषध खैरो हेरोइन सहित २ जना पक्राउ

Image

अत्तरिया – कैलाली कञ्चनपुरबाट लागू औषध खैरो हेरोइन सहित २ जना पक्राउ परेका छन । धनगढी उपमहानगरपालिका – १० घुईयाघाटबाट ५६० मिलिग्राम लागूऔषध खैरो सहित २३ वर्षीय बलराम राना पक्राउ परेका छन ।

navjiwan hospital

उनलाई शनिबार साँझ वडा प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

attariya hospital

यस्तै बेलौरी नगरपालिका – १० पन्तचोकबाट २ ग्राम १७० मिलिग्राम लागूऔषध खैरो हेरोईन सहित भीमदत्त नगरपालिका – ७ हल्दुखालका ३६ वर्षीय डम्बर सिंह कुवँर पक्राउ परेका छन ।

उनलाई रतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।