अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–४ अमलेशैनीमा जङ्गलमा बाख्रा चराउन गएको बेला गोली लागेर घाइते भएका रामबहादुर मगरको होस खुलेको छ। बुधवार जङ्गलमा उनी सँगै उनकी श्रीमती २७ वर्षीय श्रीमती सञ्चिता मगरलाई गोली लागेको थियो । गोली लागेर सञ्चिताको घटनास्थलमै मृत्यु भएको थियो भने रामबहादुर मगर घाइते भएका थिए ।


घाइते रामबहादुरले होसमा आएपछि आफैले श्रीमतीलाई गोली चलाएर आफूलाई पनि गोली हानेको बयान दिएका छन् । बिहीबार दिउँसो होस खुलेपछि उनले श्रीमतीलाई आफैँले गोली हानेको स्वीकार गरेका हुन। उनले दुवै जना सँगै मर्ने योजना बनाएर जङ्गल गएको बताएका छन्।
मगरका अनुसार श्रीमतीलाई गोली हानेपछि उनले आफ्नै निधारमा बन्दुक राखेर गोली चलाए तर सन्तुलन बिग्रिँदा टाउकोको बाहिरी भागमा लागेको थियो।
गोली हान्नुको विस्तृत कारण भने खुल्न बाँकी रहेको छ ।


















