धनगढी – धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ । फर्निचर खरिद प्रक्रियामा अनियमितता भएको आरोप लागेपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले क्याम्पस प्रशासन र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

क्याम्पस प्रशासनले सार्वजनिक खरिदसम्बन्धी प्रचलित नियम र पारदर्शितालाई बेवास्ता गरेर फर्निचर खरिद गरेको स्ववियुको अरोप छ ।

स्ववियु अध्यक्ष दिपक राज भट्टद्वारा जारी विज्ञप्तिमा क्याम्पसको हलका लागि फर्निचर खरिद गर्दा प्रतिस्पर्धात्मक प्रक्रिया नअपनाइएको उल्लेख छ ।
कोटेशनसमेत नखोली काम अघि बढाइएको आरोप लगाउँदै यसले आर्थिक पारदर्शिता र संस्थाको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको विज्ञप्तीमा जनाइएको छ ।

















