खाेज्नुहाेस

अछामको ढकारी गाउँपालिका अध्यक्ष सहित ४ जनाविरुद्ध मुद्दा दायर

Image

अछाम – अछामको ढकारी गाउँपालिकामा बजेट दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।

navjiwan hospital

गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण शाह, लेखापाल विमल साउद तथा एक सञ्चार संस्थासँग सम्बन्धित व्यक्ति सहितले मिलेमतोमा करिब १२ लाख ७७ हजार २५० रुपैयाँ हिनामिना गरेको आरोप लगाइएको छ ।

attariya hospital

अख्तियारका अनुसार चलचित्र (डकोमेन्ट्रि) निर्माणका नाममा नियम विपरीत सम्झौता, बिना प्रतिस्पर्धा खरिद, बढी पेस्की भुक्तानी र नक्कली बिल प्रयोग गरी सरकारी रकम दुरुपयोग गरिएको पाइएको छ ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐनअन्तर्गत पर्ने भएकाले सबै प्रतिवादीविरुद्ध बिगो असुलसहित कैद र जरिवाना माग गर्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको जनाएको छ ।