खाेज्नुहाेस

ब्राउन सुगर सहित एसएसबीले समात्यो कैलालीको गोदावरीका ३ युवक

Image

बेलौरी – लागू औषध ब्राउन सुगर सहित भारतमा ३ जना नेपाली पक्राउ परेका छन् । सोमबार साँझ खिरी जिल्लाको सम्पुर्णानगर स्थित बसहीमा रहेको भारतीय सीमा सुरक्षा बल (एसएसबी) र प्रहरीको संयुक्त टोलीले ८ दशमलव ५० ग्राम ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको हो ।

navjiwan hospital

एसएसबीका अनुसार पक्राउ पर्ने कैलालीको गोदावरी बस्ने प्रदीप चौकाल , विनोद पुन मगर र विमल चन्द रहेका छन् । उनीहरू सवार पल्सर मोटरसाइकलमा ब्राउन सुगर फेला परेको एसएसबीले जनाएको छ ।

attariya hospital

पक्राउ परेका ३ नै जनालाई आवश्यक कानुनी कार्यवाहीको लागि सम्पुर्णा नगर प्रहरीको जिम्मा लगाइएको छ ।

पछिल्लो समय कञ्चनपुरको दक्षिणी सीमा क्षेत्रमा लागु औषध ओसारपसारको घटना बढ्दै गएको छ । सीमा क्षेत्रमा प्रहरीले दैनिकी जस्तै लागु औषध ओसारपसारमा सङ्लन व्यक्तिहरू पक्राउ गरेतापनी लागु औषधको ओसारपसार भने नियन्त्रण हुन सकिरहेको छैन ।